बडादशैको हार्दीक मंगलमय शुभकामाना






















कृष्ण के सी “छाल”
मेरो माया आजभोली त्यता तिर बसाई सरे जस्तो लाग्यो
सँगैजिउने मर्ने हाम्रो नातमा घात उसले गरे जस्तो लाग्यो
खै गल्ति त केही थिएन मेरो कुनै कमी थिएन मायामा
तर पनि किन मेरो माया उनको मनबाट मरे जस्तो लाग्यो
उनकै माया मनभरी साँचेर राखेको थिए मैले आज सम्म
तर किन किन मायाको प्रकाश त्यतै तिर छरे जस्तो लाग्यो
जिवन भरी सँगै जिउने अनि मर्ने बाचा थियो हाम्रो तर
मेरो मायलाई कसैले म बाट धेरै टाढा हरे जस्तो लाग्यो
जिवनको मध्यभागमा ल्यायर यो “छाल” लाई छोडेर
अहिले फेरी उनले अरुको मन भरे जस्तो लाग्यो
कृष्ण के सी “छाल”
अब धेरै नमार भो मलाई धेरै पटक मरि सके
भर पर्ने कुरा पनि नगर भो धेरै भर परि सके
रोशनी छर्ने कुरा नगरेकै राम्रो होला मेरो लागी
मन दिप बालेर धेरै तिर रोशनी मैले छरि सके
मुटुको घाउ निको पार्छु भनि जिद्दी नगर भो
धेरै पटक निको पर्ने प्रयास मैले गरि सके
फेरी फर्की आउछ भनी बाटो कुरी नबस्नु नि
म त अब यहाबाट धेरैटाढा बसाई सरि सके
भट्ने छैनौ तिमी “छालका” पाईलाहरु यो जन्ममा
म त अब तिमीबाट सतमुन्द्र पारी तरि सके
दु:ख पाए मैले हजुर देश छोडी परदेशको बाटो छान्दा खेरी
मन मेरो रोइरहेको छ यहाँको बास्तबिकता जान्दा खेरी
कलिलो उमेरमै धनको बोट रोप्छु भन्ने सपना थियो
सपना त चकनाचुर भयो बिदेशीको जन्झिरले बान्दा खेरी
बिदेशमा पैसा बोटमा टिप्न पाइन्छ भन्ने सोच्थे मैले
दु:ख त पाईने रहेछ नै पैसा नै ठुलो भनी ठान्दा खेरी
हरपल हरक्षण गर्नु पर्ने रैछ काम भोख तिर्खा मारेर
भित्री मन रुने रैछ साहुले भनेको सबै कुरा मान्दा खेरी
दुख पाए मैले हजुर देश छोडी परदेशको बाटो छान्दा खेरी
मन मेरो रोइरहेको छ यहाको बास्तबिकता जान्दा खेरी
कृष्ण के सी ‘छाल”
हामीले खाएका कसम हरु अब टोडेको नै राम्रो हुन्छ
शंकाको ज्वालामुखी अब हामीले फोडेको नै राम्रो हुन्छ
जति गर्ने यात्रा हामी गरिसक्यौ एक अर्कामा मिलेर
पछी धोका दिनु भन्दा अहिले छोडेको नै राम्रो हुन्छ
धोकेबाज सम्झेर गाली मलाई नगर्नु है मेरी प्रिय
बाघ्यतालाई बुझेर आफ्नो बाटो मोडेको नै राम्रो हु्न्छ
सबै कुरा बिर्सिएर प्रेमको फुलवारीमा रम्दा हामी
जिवनमा लागेका झारपात अब गोडेको नै राम्रो हुन्छ
हाम्रो मायाको बिछोडले बदलाको भावना लिनु पुर्व
हामीले साथि भई नयाँ नाता जोडेको नै राम्रो हु्न्छ
हामीले खाएका कसम हरु अब टोडेको नै राम्रो हुन्छ
शंकाको ज्वालामुखी अब हामीले फोडेको नै राम्रो हुन्छ
कृष्ण के सी “छाल”
लौ न हो साथी हो मेरो एउटा कुरा मान्न पर्यो
मलाई पनि अब तपाईहरु बिदेश तिरै तान्न पर्यो
स्कुल पढे कलेज पढे उमेरले नेटो काट्न लाग्यो
बाउको पैसा धेरै सके अब त कमाउन जान्न पर्यो
धेरै खाए ठक्कर मैले स्वदेशमा जागिर खोज्दै हिड्दा
आशा मर्यो अब बिदेश गएरै भए पनि जिवन धान्न पर्यो
धिका पाए बसेको माया प्रिती बेरोजगार भएकैले छुटी गयो
धन पैसा कमाएर चोखो माया लत्ताउनेको मूखमा हान्न पर्यो
घरको काम भन्दा बढी गाउ छिमेक समाजको काम गर्थे
तर केही पाईएन स्वार्थेको दुनियामा डलरको बोट छान्न पर्यो
कृष्ण के सी “छाल”
बसन्तको हरीयाली जता ततै लाली लाली
मैले पनि पाए हजुर खुसी त त्यसैपाली ।
कस्तो राम्रो जुनेली रात, हामी दुइको साथ
त्यसैमाथी हजुरको बात, लाग्यो मलाइ मात
हजुरकै कल्पनामै हराउथे म त खाली
मैले पनि पाए हजुर खुसी त त्यसैपाली
चाहिदैन भो अरु केही
जिबन भर माया दिनु
फुलको जोबन भएपछी
फुल सँगै पैचो लिनु
म पनि त ढुक्क हुन्छु
रक्षा गर्ने पाएपछी माली
मैले पनि पाए हजुर
खुसी त त्यसैपाली
कृष्ण के सी “छाल”
जिबन के हो के थाहा अरुलाई रुवाएर आफु हाँस्ने लाइ
मायाको अर्थ नै के थाहा र अरुको जिवन माँस्ने लाइ
साँचो प्रेमको त कुनै अर्थ नै छैन स्वर्थी दुनियामा
बिर्सीदिनु बेश हुन्छ चिखोमाया लत्ताएर अन्तै नाता गाँस्ने लाइ
आशुको बदला खुसीले लिनु पर्छ आशुको भाब नबुझ्नेलाइ
नसम्झेकै जाति हुन्छ पराइको तस्बिर मनाम टाँस्ने लाइ
रोक्नु पर्छ नयनका आसुलाइ छेक्नु पर्छ मनको पर्दालाइ
मनको पर्दाबाट हटाउनु पर्छ आफू खुसी नाच्ने लाइ
जिबन के हो के थाहा अरुलाई रुवाएर आफु हाँस्ने लाइ
मायाको अर्थ नै के थाहा र अरुको जिवन माँस्ने लाइ
नेपाली सब एक भई सयौ नदि तर्नु पर्छ
सबै मिली शान्ति ल्याउने कुरा गर्नु पर्छ
हत्या हिंसा धेरै भयो अब यसलाई त्यागेर
देश बिकाश गरेर धेरै माथि सर्नु पर्छ
स्वार्थ सबै त्यागेर देश बिकास गर्नलाई
आफ्नो लागि नभई देशको लागि मर्नु पर्छ
घरको झगाडाले बिदेशीको नजर पार्न थाले
अब युद्दको भुमरी छोडेर मैदानमा झर्नु पर्छ
हामी सबै मिलेर शान्तिको धुन गुन्जाउदै
सबका सामु शान्तिको किरण छर्नु पर्छ
अजा भोली आफै सँग कुरा गर्ने मन लाग्छ
बसी रा”को ठाँउबाट टाढा टाढा सर्ने मन लाग्छ
फुल हेर्छु फुल राम्रो जुन हेर्छु जुन झनै राम्रो लाग्छ
आप्सरा लाई स्वर्गको आगनबाट हर्ने मन लाग्छ
एकान्तमा एक्लै बस्दा समयले जिस्काउदै पिछा गर्छ
रिसको भुमरीलाई शान्त पार्न सागर पारी तर्ने मन लाग्छ
हावाको बेग सँग बग्छु भन्दा जुनको सुन्दरतामा अल्झी रहे
त्यसैले घर्तीमा सुर्यको पहिलो किरण भनी झर्ने मन लाग्छ
माया र प्रेम त संसारको रित हो रे भन्ने कुरा सुनेको छु
यही रित बदल्नलाई धर्ती भरी प्रेमको बिज छर्ने मन लाग्छ
जुनी भरी साथ दिन्छु भन्थ्यौ तर साथ छुटाइ गयौ
दुइ मुटु जोड्ने भनी खाको कसम तिमीले टुटाइ गयौ
रानीबनमा लुकी लुकी भेट्न आउदा हिम्मत हारे भन्थ्यौ
तर मलाई छोडी पराइ हुने हिम्मत भने तिमी जुटाइ गयौ.
रानीबनको छाहारीमा हात समाई यो जोवन तिम्रो भन्थ्यौ
तर धोका दियौ मलाइ जोवन तिम्रो पराईलाइ नै लुटाइ गयौ
बोली बचन अधुरो नै भइ गयो मेरो माया लत्ताएर गइ गयौ
एक बचन नसोधी धोकाको तिरबाट मेरो जोबन कुटाइ गयौ
जुनी भरी साथ दिन्छु भन्थ्यौ तर साथ छुटाइ गयौ
दुइ मुटु जोड्ने भनी खाको कसम तिमीले टुटाइ गयौ
Hari kc बाट
कृष्ण के सी "छाल"
जिवन पनि कस्तो होला आफै संग हार्नु पर्ने
मनको इच्छा लुकाएर मन भित्रै मार्नु पर्ने
कहिले होला निराशको बादलबाट मुक्ती पाउने
कलकलाउदो उमेरमा बिदेश बिदेश चार्नु पर्ने
गल्ति मेरो होकि भाग्य लेख्ने बिधाताको
आफ्नो जिबन आफ्नै पसिनाले खार्नु पर्ने
मन भित्र उब्जिएका प्रेमका भाबहरु दबाएर
आफ्नो मन बुझउन आफैले भाका सार्नु पर्ने
कलिलो उमेर चन्चल मनका उमंगहरु रोक्नलाइ
भोलि भोलि भन्दै सबैकुरा मनबाट टार्नु पर्ने
जिवन पनि कस्तो होला आफै संग हार्नु पर्ने
मनको इच्छा लुकाएर मन भित्रै मार्नु पर्ने
कृष्ण के सी "छाल"
जताततै फाटेको मेरो जीवनलाई टाल्दैमा ब्यस्त छु
मनको दीप निभिसक्यो त्यसैलाई बाल्दैमा ब्यस्त छु
बगौंचाको बिचमा जान्छु शुन्य लाग्छ भवँराले जिस्काउंछन
पत्थर जस्तो भईसक्यो मन् त्यसैलाई गाल्दैमा ब्यस्त छु
जिन्दगीको यात्रा गर्दा खुशी मेरो त्यहीं कतै हराईगयो
त्यही खुशी भेट्ने आशमा पुरानो जीवन चाल्दैमा ब्यस्त छु
जिन्दगीको फूलबारीका फक्रेका फूलहरु हुरी आई झारीदियो
पश्चातापको भूमरीमा नष्ट भा"का फूलहरु फाल्दैमा ब्यस्त छु
जताततै फाटेको मेरो जीवनलाई टाल्दैमा ब्यस्त छु
मनको दीप निभिसक्यो त्यसैलाई बाल्दैमा ब्यस्त छु
राज क्ष्रेत्री , बियोगी
neshal_chhetri@yahoo.com
कर्म पनि फुटेको रैछ क्यारे बियोगी को
सपना नि टुटेको रैछ क्यारे बियोगी को
बिरामी भए पनि पारीश्रम गर्नु पर्न
इमान पनि कुटेको रैछ क्यारे बियोगी को
ईश्वर पनि कस्ता कुन्नी कष्ट मात्र दिने
हर्ष पनि भुटेको रैछ क्यारे बियोगी को
रगत को वरन सँग शरिर भिज्दा पनि
आश्वसन नि घुटेको रैछ क्यारे बियोगी को
हात खुट्टा गल्दा पनि आराम नपाईने
चेतना नि लुटेको रैछ क्यारे बियोगी को
नाम्लो मात्र यो शिर मा सधैं भरि बोकेर
सपना पनि छुटेको रैछ क्यारे बियोगी को
कृष्ण के सी
अब नता नजोड भो झुटो नाता जोड्ने भए
झुटो कसम नदेउ भो बन्दन तिमी टोड्ने भए
प्रेमको यात्रा नगराउ भो तिमी मलाई
अधुरै यात्रा गरी अफ्नो बाटो मोड्ने भए
प्रेमको फुलबारी लाइ नासजाउ भो अब तिमी
मलजल गर्ने बाहाना मा जरै सँग गोड्ने भए
हात समाई अघि अघि हिड्ने प्रयास नगर भो
बिच बाटो मा एक्लो पारी हात मेरो छोड्ने भए
अब नता नजोड भो झुटो नाता जोड्ने भए
झुटो कसम नदेउ भो बन्दन तिमी टोड्ने भए
कृष्ण के सी
आज भोली जतततै तिम्रो धड्कन सुन्छ मनखै कसो गरी आफ्नो प्रेम जालामा फसाईगयौ
किन किन तिम्रै यादमा एकिकृत हुन्छ मन
पागल जस्तै भा"को छु म मोहोनी पो लगायौ कि
कल्पना नै तिम्रो हुन्छ तिम्रै नाम गुन्छ मन
चाहन्छु म सधै भरि तिम्रो समिपमा बस्न लाई
तिमीबाट एकपल टाढा हुँदा अनेक जाल बुन्छ मन
आज भोली जतततै तिम्रो धड्कन सुन्छ मन
तिम्रै यादमा तड्पिएर हरपल हरक्षण रुन्छ मन
कृष्ण के सी
(यो कबिता मैले केही मेरो नाम सँग जोडेर आफ्नो इज्जत कमाउन चाहानेका लगी लेखेको हु )
किन तिमी मेरो नाम बेचेर
आफ्नो नाम कमाउन चाहेको
किन तिम्रो जस्तै मेरा पनि
इच्छा आकंक्षा छैनन् र
तिमीलाई मेरो नाम बजारमा
लिलाम गरेर प्रसंनता मिल्छ भने
किन तिमी नै चाहियो र
म आफै आफ्नो इज्जत लिलाम गरुँला
के का लगी यस्तो गरेको
के पयौ तिमीले यसबाट
धन सम्पती सुख सयला इज्जत
तर जे पायौ धेरै पायौ होला
तर तिमी खुसी हुनु सधै
तिम्रो यो लक्ष्य पुरा होस
यही मेरो कामना छ तिमीलाई
खुसी हुनु हासी रहनु
कृष्ण के सी
म बेहुलाको भेषमा सजिनेछु
साथीभाइ जिस्काउदै सजाछने छन्
मनाम प्रसन्नता भए पनि
म डराउछु मेरो मुख लाजले
रातो पिरो हुने छ
सबैजाना आतुर हुनेछन् जन्ति जानलाई
अनि मनमा एउटै प्रश्न हुनेछ
कस्ती छ दुलही तर म चुपचाप बस्नेछु
मेरो मनमा पनि यही प्रश्न हुनेछ
तर म अरु जस्तो खासखुस गर्न सक्तिन
नौमती बाजा अगाडि लगाएर
दुलाहाको भेषमा सजिएर
हामीहरु प्रस्थान गर्ने छौ
सबैको एउटै लक्ष्य हुने छ
दुलही लिएर फर्कने
गेट फुलमाला ले सजिएको हुनेछ
सबैजानको प्रतिक्षा पुरा हुनेछ
हातमा अक्षता लिएर तयार हुनेछन्
जन्तिको स्बागत गर्नलाइ
सबैजाना आपसमा खासखुस गर्ने थाल्छन्
रातो साडीमा घुम्टो भित्र मुख लुकाएर
दुलहीको भेषमा सजिएर
मेरो स्वगातका लगी आगमन हुनेछ
म लुकेर चोरेर उनको मुहार हर्नलाइ
आतुर हुनेछु तर म असफल हुने छु
पण्डित बाजे मन्त्र पढ्नमा ब्यस्त हुनेछन्
केटाकेटीहरु बाजाको तालमा ब्यस्त हुनेछन्
बुढापाका हरु भोजमा मख्ख हुनेछन्
ठिटाहरु ठिटीको चक्करमा मस्त हुनेछन्
कोही मलाई जिस्काइरहने छन्
म उनि सँग बोल्ने प्रयास गर्छु
तर मेरो मुखबाटा शब्द बाहिरिदैनन्
पाका उमेरका स्त्रि हुरुले जिस्काउनेछन्
सबै कुरामा अनभिज्ञ भइ मुस्कुराइ रहन्छु
मेरो मनमा अनेक कुरा हरु खेल्नेछन्
उनको सिउदोमा सिन्दुर भरेर
अग्नीको सात फेरो लगाइ
अग्नी देवतालाइ साँची राखी
म उनलाई सदा सदाका लागी
आफ्नो बनाउने छु आफ्नो बनाउने छु
कृष्ण के सी
कोही भन्छन पिरती दुई आत्मा को मेल हो
कोही भन्छन पिरती जवनी मा खालीने खेल हो
जता ततै खोजी सके पिरती को परिभाषा
भन्छना कोही स्वतन्त्रता खोसिदिने जेल हो
पिरतीको अर्थ बुझ्न देवता लाई सोधी हरे
उनि भन्छन पागल हरु यात्रा गर्न रेल हो
खोजिसके जता ततै अब पालो मेरो आयो
म त भन्छु जवानीमा उर्लियको भेल हो
कोही भन्छन पिरती दुई आत्मा को मेल हो
कोही भन्छन पिरती जवनी मा खालीने खेल हो
कृष्ण के सी
म सँग जिउने बाचा गरी अर्कै सँग लगनगाँठो बान्छेउकी खोई
ओल्लो बाटो मलाई कुराई पल्लो बाटो अर्कैसँग जान्छेउकी खोइ
जुन जस्तो मुहरबाट नजरको तिर हानी मनमा बस्यौ
मेरो बिश्वास तोडेर अर्कैको जीवन तिमी धान्छेउकी खोइ
प्रेम गरी प्रेमको अपरिचित संसारमा प्रबेश गराई मलाई
बिच बाटोमा धोखा दिई अर्कै जीवनसाथी छान्छेउकी खोई
आफुलाई भन्दा धरै माया गर्छु बिश्वास गर भन्छेउ अहिले
मेरो जीवन तहसनहस पारी धोखाको तिर हान्छेउकी खोइ
म सँग जिउने बाचा गरी अर्कै सँग लगनगाँठो बान्छेउकी खोई
ओल्लो बाटो मलाई कुराई पल्लो बाटो अर्कैसँग जान्छेउकी खोइ
कृष्ण के सी
परदेशबाट कति लेखे चिट्ठी हजुर खाम खामको त कुरै छोडौ
टिकट मैले कति किने किने हजुर दामको त कुरै छोडौ
धेरै धाउने गर्थै हजुर हुलाक तिर पत्र हाल्ने बाहानामा
हुलाकमा भिड पनि कति कति हजुर लामाको त कुरै छोडौ
सत्य सत्य फुर्शद मैले पाइन हजुर कहिले पनि
भोकै त कति बस्नु पर्यो पर्यो हजुर मामको त कुर छोडौ
हरेक रातको अनिदोले दिनमा सधैं निद्रा लाग्थ्यो
त्यही कारणले कति छोडे छोडे हजुर कामको त कुरा छोडौ
कति बसे प्रतिक्षामा जवाफ आउने आशा गरी
यही आशाले कति फेरे फेरे हजुर नामको त कुरा छोडौ
मिठो रै”छ बोली बचन केहि कुरा गर्ने मन लाग्यो
जवानीको लालीकिरण त्यातै तिर छर्ने मन लाग्यो
नाशालु ति नजर सँगै मोहीत पर्ने रुप रै”छ
केही कुरा गर्नलाई तिम्रो नजिक सर्ने मन लाग्यो
कलकलाउदो बैश अनि चुलबुले त्यो स्वभाब सँग
जिन्दकीका सागरहरु सँग सँगै तर्ने मन लाग्यो
जादुगरी जस्तो गरी एकपलमै मन मेरो चोरी लग्यौ
जिन्दकीका पान्नाहरु तिमि सँगै भर्ने मन लाग्यो
मालाई पनि साथीको खाँचो छ यसैलाई पूरा गर्ने
जन्म घरको आगानबाट तिमीलाई हर्ने मन लाग्यो
साहित्य के हो थाहा छैन गजल मैले लेख्छु साथी
दुखेको मेरो मन लाई शब्दहरु लेखेरै सेक्छु साथी
किन होला आजाभोली मन मेरो हावासरी उडि राछ
के भाको खै अनौठो अनौठो सपनाहरु देख्छु साथी
कल्पना को दुनियामा डुब्न पुग्छु हरपल हरक्षण
देखावटी मुस्कान छोडी मनको दु:ख छेक्छु साथी
कहिले खोली किनर पुग्छु कहिले पाहाड पर्बत डुल्छु
मनको भाब बुजाउन बेदनाको छडि बनाई टेक्छु साथी
साहित्य के हो थाहा छैन गजल मैले लेख्छु साथी
साहित्य के हो थाहा छैन गजल मैले लेख्छु साथी
एकान्तामा एक्लै बस्दा हिदयको पाली बनी आउने छु म
बगैचामा बस्ना छर्दे फक्री गए माली बनी आउने छु म
तिम्रो मन कतै बहकिई मन्दिर तिर धाउन पुगे
तिमोलाई जिस्काउन अक्षेताको थाली बनी आउने छु म
एक्लो पन र निरीशले तिम्रो खुशी कतै तिर हराईगए
तिमी लाइ खुशी पार्न बिहानी को लाली आउने छु म
बसन्तको आगामनमा फलको रस लिन तिमी पुगे
तिमीले टिप्ने त्यो फलको डाली बनी आउने छु म
दुनिया मा जाता ततै तिम्रो रुपको चर्चा हुदा
तिमी लाई स्वगत गर्ने ताली बनी आउने छु म
लुकी गयो फुल हजुर बगैचामा छान्दा छान्दै
नजर बाट बिलीन भयो नजर तिर हान्दा हान्दै
थाहा थियो कोपिला मै सबको नजर त्यही थियो
आँखा किन त्यही गड्यो यो सब जान्दै जान्दै
कति थिए फुलहरु अघि पछि बासना छर्ने
चुडिएरै सक्यो मन सबै तिर तान्दा तान्दै
धोका खायो नजर मेरो नजर बाटा बिलिन भयो
मुटुबाट चुडि गायो मुटुको टुक़ा मैले ठान्दा ठान्दै
बिज्यो काँडा बल्झ्यो घाउ सकिन मनमा राख्ना
फुकी गयो बोली मरो कसमको डोरीले बान्दा बान्दै
जबानीको नशाले पिरतीको संसारतिर पस्दै छु म
बेतालका शब्दहरु सजाउन चिल्लोपना घस्दै छु म
मनको डर मनबाटा अलि पर तिर भगाएर
पिरतीको सागार तिर पौडी खेल्न पस्दै छु म
उमंगले संघार नाग्यो लाज पनि हराई सक्यो
आज भोली कामदेबीको ध्यान गरी बस्दै छु म
मन मेरो हाबसँगै उडिरा”छ कामकाज छोडी सके
आफै फस्ने पासो थापी त्यसै भित्र फस्दै छु म
खहरे झै उर्लीयका बेतालका शब्दहरु बटुल्न लाई
एकै ठाँउमा नखोलिने गाँठा बनाई कस्दै छु म
Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft